नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ११ः२० मा सुरु भएको हो।
बुधबार दुई अध्यक्षले धारणा राखेर सुरु गरिएको सो बैठकमा शुक्रबार अन्य नेताहरुले बोल्ने कार्यक्रम छ।
आज वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायत नेताहरु बोल्ने तयारी रहेकाे एक नेताले जानकारी दिए।
बुधबारको बैठकमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच तीब्र घोचपेच भएका कारण आज दुई पक्षका नेताबीच पनि चर्को आरोप प्रत्यारोप हुनसक्ने अनुमान गरिएको छ।
याे पनि: डायसमा तीन नेताका प्रस्तुति देखेपछि स्थायी कमिटी सदस्यको प्रतिक्रिया : अनौठो र अप्रत्याशित लाग्यो
प्रतिक्रिया