ad ad

राजनीति


नेकपा स्थायी कमिटी सदस्य भन्छन् : यो कोरोना जन्तर पनि बेसार जस्तै हो कि!

नेकपा स्थायी कमिटी सदस्य भन्छन् : यो कोरोना जन्तर पनि बेसार जस्तै हो कि!

नेपालखबर
असार १२, २०७७ शुक्रबार ११:५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यले मुकुन्द न्यौपानेले सो पार्टी बैठकमा ‘कोरोना भाइरस भगाउने’ भनी नेताहरुलाई वितरण गरिएको कार्ड पनि ‘कोरोना निको पार्ने बेसार जस्तै हो की!' भनी टिप्पणी गरेका छन्।

बुधबारदेखि सुरु भएको नेकपा बैठकमा वरिष्ठ नेता माधव नेपालको संयोजनमा कोरोना भाइरस मार्ने भनी कार्ड वितरण गरिएको छ।

बालुवाटारमा जारी बैठकबाट बाहिर निस्केका न्यौपानेले आफूहरु केटाकेटी हुँदा ‘भूतप्रेत लाग्दैन भनेर एउटा जन्तर लगाइदिने’ गरेको र अहिले कोरोना भाइरसबाट बँच्न भनी घाँटीमा परिचयपत्र जस्तै लगाउने सो कार्ड वितरण गरिएको बताए।

यसले कति काम गर्ने हो हेर्न बाँकी भएको उनले बताए।

‘यो माधव नेपाललाई डाक्टरहरुले दिएका रहेछन्, उहाँले ल्याउनुभएको हो,’ उनले सञ्चारकर्मीसँग भने, ‘जापानमा पनि लगाएर हिँड्छन् रे। घाममा चाहिँ नदेखाउनु भन्ने नियम रहेछ।’
उनले त्यसले काम गर्छ गर्दैन थाह नभएपनि देखेपछि मागेर लगाएको बताए।

‘यो पनि उही बेसारको धुलो जस्तै हो की!’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कोरोनालाई ठूलो स्वास्थ्य समस्याको रुपमा नलिई ‘बेसार पानी खाने, हाँछ्यु साँछ्यु गरेर उडाइ दिनुपर्छ’ भनेपछि अहिले सामाजिक सञ्जालमा बेसारको चर्चा बढि छ।

नेकपा नेता न्यौपानेले पनि सो कार्डलाई प्रधानमन्त्रीको ‘बेसार प्रसंग’ सँग जोडेका छन्।

महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन लागी सोहि प्यानलबाट चुनाव जितेका न्यौपाने पछिल्लो समय ओलीप्रति असन्तुष्ट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .