ad ad

राजनीति


भारत-चीन झडपः सहमतिका लागि आज लद्दाखमै हुँदै तेस्रो बैठक

भारत-चीन झडपः सहमतिका लागि आज लद्दाखमै हुँदै तेस्रो बैठक

नेपालखबर
असार १६, २०७७ मंगलबार २:३८,

भारत–चीन सीमामा जारी तनाव समाधानबारे आज (मंगलबार) दुई देशबीच कमान्डरस्तरको तेस्रो बैठक हुँदै छ।

यसअघि जुन ६ मा पहिलो र जुन २२ मा दोस्रो बैठक भएका थिए।

समाचार एजेन्सी एएनआईका अनुसार आज हुने तेस्रो बैठक लद्दाखको चुसुलमा बिहान साढे १० बजे सुरु हुनेछ। बैठक भारतीय भूमितर्फ हुने बताइएको छ। यसअघिका दुई बैठक चीनतर्फको भागमा भएको समाचारमा उल्लेख छ।

आजको बैठकमा दुई पक्षबीच सीमामा भइरहेको तनाव कम गर्ने विषयमा छलफल हुनेछ। यसका लागि आज महत्वपूर्ण सहमति हुने बीबीसी हिन्दीले जनाएको छ।

यही जुन १५ राति दुई देशको सीमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत–चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। त्यस क्रममा २० भारतीय सैनिक मारिएको थियो। तर चीनतर्फ के कति क्षति भयो भएन अहिलेसम्म औपचारिक पुष्टि हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .