ad ad

राजनीति


ताइवानले आफ्ना नागरिकलाई हङकङ नजान सुझाव दियो

ताइवानले आफ्ना नागरिकलाई हङकङ नजान सुझाव दियो

नेपालखबर
असार १८, २०७७ बिहिबार १२:२०,

ताइवानलाई चीनले आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। तर ताइवानले भने आफू एक सार्वभौम मूलुक भएको बताउँछ।

ताइवानलाई आफूले चाहे शक्ति प्रदर्शन गरेर नियन्त्रणमा लिनसक्ने चीनले चेतावनी दिँदै आएको छ।

पछिल्ला समय हङकङमा चीन विरोधी आन्दोलन चर्कँदा ताइवानले हङकङको साथ दिँदै आएको थियो। तर आन्दोलनबीच चीनले बनाएको सुरक्षा कानुन हङकङमा लागू भइसकेको छ।

यसबीचमा ताइवानले आफ्ना नागरिकलाई हङकङमा नजान र उक्त शहरलाई वेवास्ता गर्न सुझाव दिएको हो।

नयाँ कानुनअनुसार हङकङमा चीन विरोधी गतिविधि गर्न पाइँदैन। ताइवानले बिहीबार हङकङमा ट्रान्जिट उडान परेको खण्डमासमेत हङकङ नजान भनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .