प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी एकता पार्टी एकता सुदृढ हुने विश्वासका साथ आफू कार्यक्षेत्र फर्किएको बताएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै मुख्यमन्त्री पोखरेलले पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै सम्वादको प्रकृयालाई अघि बढाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन्।
नेकपामा विवाद बढ्दै गएपछि पोखरेल काठमाडौं आएका थिए। उनले काठमाडौंमा राजनीतिक भेटघाटलाई तीब्र बनाउनुका साथै प्रधानमन्त्री केपी ओलीको पक्षमा दृढतापूर्वक लबिङ गरिरहेका छन्।
पोखरेलले देश कोभिढ १९ र बाढी पहिरोको चपेटामा परेको भन्दै घुमाउरो पराले प्रधानमन्त्रीको राजीनामा माग्न छोडेर जनताका सेवामा लाग्न आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौँ। वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुदैन।’
प्रतिक्रिया