ad ad

राजनीति


विप्लवका सैन्य विभाग प्रमुख बोहरा मोरङबाट पक्राउ

विप्लवका सैन्य विभाग प्रमुख बोहरा मोरङबाट पक्राउ

नेपालखबर
असार ३०, २०७७ मंगलबार १३:२४,

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लव नेकपाको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बोहरालाई पक्राउ गरेको पुष्टि गर्दै अहिले जिप्रका ल्याउँदै गरेको जानकारी दिए। बोहरालाई विशेष सूचनाका आधारमा आफ्नै निवासबाट पक्राउ गरेको उनले बताए।

‘उनलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय ल्याउँदै छौँ’, डीएसपी राईले नेपालखबरसँग भने, ‘उनको साथबाट केही हातहतियार र विष्फोटक पदार्थसमेत बरामद भएको छ।’

उनले बोहराको साथबाट कटुवा पेस्तोल एक थान , तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको जानकारी दिए। त्यस्तै प्रहरीले उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हाडडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .