सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।
असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको बैठक साउन ४ गतेसम्मका लागि स्थागित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक यसअघि नै आजै दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको थियो।
बैठकअघि बसेको प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच छलफल भएको थियो।
दुई अध्यक्षबीचको छलफलपछि बैठक साउन ४ गते ३ बजेसम्मका लागि स्थगित गरिएको हो।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
Shares
प्रतिक्रिया