ad ad

राजनीति


हङकङसँगको सुपुर्दगी सन्धि त्याग्ने पक्षमा बेलायत, चीनले भन्योः कडा कदम चाल्नेछौं

हङकङसँगको सुपुर्दगी सन्धि त्याग्ने पक्षमा बेलायत, चीनले भन्योः कडा कदम चाल्नेछौं

नेपालखबर
साउन ५, २०७७ सोमबार १२:१८,

चीनले हङकङको लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन बनाएपछि क्यानडा तथा अस्ट्रेलियाले हालै हङकङसँगको सुपुर्दगी सन्धिलाई त्यागेका थिए।

यसबीचमा बेलायतले पनि हङकङसँगको सुपुर्दगी सन्धिलाई त्याग्ने मनसाय बनाएको छ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ विनबिनले सोमबार भनेका छन्,‘यो चीनको घरेलु मामिलाको गम्भीर उल्लंघन हो। हामी कडा निन्दा र विरोध व्यक्त गर्दछौं।’

बेलायतले सुरुवातदेखि सुरक्षा कानुनको विरोध गर्दै आएको थियो। तर सुरक्षा कानुन लागू भएपछि बेलायतले हङकङका नागरिकलाई बेलायती नागरिकता प्रदान गर्ने आश्वासन दिइरहेको छ।

बेलायती कार्यले चीन र ब्रिटेनको सम्बन्ध बिग्रिने र आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा चीनले बदलामा बेलायतविरुद्ध कडा कदम चाल्ने वाङको भनाइ छ।

सो क्रममा वाङले बेलायती विदेशमन्त्री डोमिनिक राबलेले सियानजियाङको उइगर मुस्लिमको विषयमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

अमेरिकाले बारम्बार चीनले उइगर मुस्लिममाथि दमन गरेको आरोप लगाइरहेको समयमा सोमबार मात्र राबले पनि चीनले उइगरमाथि दमन गरेको बताएका थिए।

सोमबार नै उनले हङकङसँगको सुपुर्दगी सन्धि अन्त्य गर्न सकिने बताएका थिए। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .