ad ad

कारोबार


साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रालयको प्रस्ताव

साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रालयको प्रस्ताव

नेपालखबर
साउन ५, २०७७ सोमबार १२:१५,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेको छ।

मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा उक्त प्रस्ताव पेश गरेको हो।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले मन्त्रालयले तयार पारेको प्रस्ताव सीसीएमसीमा पेश गरिएको जानकारी दिए।

‘मन्त्रालयले तयार पारेको प्रस्ताव सीसीएमसीमा गएको छ’, उनले नेपालखबरसँग भने, ‘अन्तर्राष्ट्रिय उडान भदौ १ बाट र आन्तरिक उडान साउन २१ बाट उडान गर्न सकिने प्रस्ताव गरेका छौँ।’

विदेशबाट आउने नेपाली अनिवार्य होम क्वारेन्टिनमा बस्ने र विदेशी पर्यटकलाई कोरोना नेगेटिभ देखियो भने मात्रै बाहिर घुम्न दिने प्रस्ताव पेश गरेको जानकारी दिएका छन्।

उनले अन्तर्राष्ट्रिय उडानमा लकडाउन अघिभन्दा करिब ८० प्रतिशत कम उडान हुने गरी प्रस्ताव पेश गरेको बताए।

‘२० देखि २५ प्रतिशत नियमित उडान गर्ने प्रस्ताव पेश गरिएको छ’, उनले भने, ‘सोमबार नेपालमा नियमित उडान गरिरहेका एयरलाइन्सलाई आफ्नो प्रस्ताव समेत पेश गर्न आग्रह गरेका छौँ।’

मन्त्रिपरिषदले निर्णय गर्दा १५ दिन तयारीका लागि समय दिनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .