ad ad

राजनीति


परीक्षणको दायरा घटाएर जोखिम घटेको भ्रम फैलाइयाे : महत

परीक्षणको दायरा घटाएर जोखिम घटेको भ्रम फैलाइयाे : महत

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १२:२६,

नेपाली कांग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोभिड १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताए। कोभिड १९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताए।

सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए। राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पस्ट भएको महतले बताए। उनले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताए।

पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताए। समुदायमा फैलन सक्ने संक्रमणको नियन्त्रणका लागि सरकारले परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे।

सरकारले होल्डिङ सेन्टर र क्वारेन्टिनको मापदण्ड अनुरुप सञ्चालन गर्न गम्भीर नभएको बताए। लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको पनि कार्यान्वयनमा चासो नदेखाएको उनले बताए। लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने तर्फ सरकार गम्भीर नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .