ad ad

राजनीति


छेन्दुको अमेरिकी महावाणिज्य दूतावासबाट ३५ वर्षपछि हटाइयो अमेरिकी झण्डा

छेन्दुको अमेरिकी महावाणिज्य दूतावासबाट ३५ वर्षपछि हटाइयो अमेरिकी झण्डा

नेपालखबर
साउन १२, २०७७ सोमबार ११:३१,

सोमबार बिहानसम्म महावाणिज्य दूतावास बन्द गर्नुपर्ने समयसीमा चीनले अमेरिकालाई दिएको थियो।

समयसीमाभन्दा केही घण्टाअघि अमेरिकी कर्मचारीले कार्यालय छाडेका हुन्। उनीहरु सरसामान लिएर कार्यालयबाट बाहिरिएका छन्।

अमेरिकी कर्मचारीले कार्यालय छाडेसँगै वाणिज्य दूतावास बन्द भएको छ।

दुवै मुलुकले वाणिज्य दूतावासमार्फत एक–अर्काविरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी कूटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो। धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकेका थिए भने कतिपयले सेल्फी लिइरहेका देखिन्थे।

यसबीचमा सन् १९८५ मा स्थापना भएको उक्त अमेरिकी महावाणिज्य दूतावासबाट ३५ वर्षपछि अमेरिकी झण्डा पनि हटाइएको छ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न ७२ घण्टे समयसिमा दिएको थियो।

अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिएका थिए। त्यहाँका कर्मचारीले कूटनीतिक चिन्ह पनि हटाएका छन्।

उक्त दूतावासमा झन्डै २ सय कर्मचारी कार्यरत थिए। १ सय ५० जना त्यहीकै स्थानीय थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .