ad ad

कारोबार


सुबिसुका ग्राहकलाई ‘रिफरमा बोनस’ अफर

सुबिसुका ग्राहकलाई ‘रिफरमा बोनस’ अफर

नेपालखबर
साउन १२, २०७७ सोमबार ११:३३,

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ‘रिफरमा बोनस’ अफर ल्याएको छ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्। इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ। अफरमा सर्त तथा नियमहरु लागू हुनेछ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट ,एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ।

क्लियर टिभी सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो।

यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो जसले एमपीईजी४ स्ट्यान्डर्ड डिफिनियसन र हाई डिफिनियसन च्यानल्स केवल मार्फत कन्डिस्नल एसिज सिस्टम (सीएएस) को प्रयोग गरी सेटअफ बक्सको माध्यमबाट प्रसारण गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .