ad ad

राजनीति


‘राफेल’ ल्याएपछि भारतको चर्को स्वरः हाम्रो क्षेत्रीय अखण्डतामा धावा बोल्नेहरु होसियार

‘राफेल’ ल्याएपछि भारतको चर्को स्वरः हाम्रो क्षेत्रीय अखण्डतामा धावा बोल्नेहरु होसियार

नेपालखबर
साउन १४, २०७७ बुधबार ११:५७,

बुधबार पाँच राफेल युद्धक विमानहरु हरियाणाको अम्बला एयर बेसमा अवतरण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

यी विमानहरु फ्रान्सबाट ७ हजार किलोमिटर पार गर्दै भारत आइपुगेका हुन्।

राफेल युद्धक बिमानहरु भारतमा अवतरण गरेसँगै भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनलाई इंगित गर्दै ट्वीट गरेका छन्।

जहाँ उनले भारतको क्षेत्रीय अखण्डतामा धावा बोल्नेहरु अब गम्भीर बन्नुपर्ने बताएका छन्।

राजनाथले ट्वीटमा भनेका छन्,‘भारतीय हवाई सेनाको नयाँ क्षमतासँग कोही चिन्तित र गम्भीर बन्नुपर्ने छ भने त्यो ती हुन् जसले भारतको क्षेत्रीय अखण्डतालाई चुनौती दिन चाहन्छन्।’

भारत र चीनबीच हाल सीमाको विषयलाई लिएर विवाद बढेको छ। गत जुन १५ मा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

दुवै देशले एक–अर्कालाई आफ्नो सिमाना मिचेका कारण झडप भएको प्रतिक्रिया दिएका थिए। दुवै देशले क्षेत्रीय अखण्डता रक्षा गर्न जस्तोसुकै कदम चाल्ने बताउँदै आएका छन्।

Image

भारतले सन् २०१६ मा फ्रान्सलाई ३६ वटा राफेल युद्धक विमान बनाउन भनेको थियो।

चीनसँगको सीमा विवाद जारी रहँदा हाले भारतले फ्रान्सबाट खरिद गरेका राफेल युद्धक विमानहरु भारत आइपुगेका हुन्।

भारतले फ्रान्सबाट सबै विमानहरु सन् २०२१ सम्ममा प्राप्त गरिसक्नेछ।

यो पनिः भारतको राफेल र चीनको जे–ट्वान्टीमध्ये कुन युद्धक विमान शक्तिशाली?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .