ad ad

राजनीति


एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
साउन १४, २०७७ बुधबार १२:१०,

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दुई एआईजीसँगै प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी अधिकृतहरुलाई महानिरीक्षक थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषदको गत साउन १२ गतेको निर्णयअनुसार निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की एआईजीमा बढुवा भएका थए। प्राविधिक प्रहरी उपरीक्षकहरु पशुपति कुमार राय र श्याम कुमार मण्डललाई पनि बुधबार नै दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक थापाले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्रहरी अधिकृतहरुबाट आ–आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए।

sahi--.jpgएआईजी निरज बहादुर शाहीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै महानिरिक्षक थापा

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्नेमा महानिरीक्षक थापाको जोड छ। प्रहरी महानिरीक्षक थापाले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको बताए। आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास उनले व्यक्त गरेका छन्।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आफूहरु पदोन्नति पश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताए। उनले संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाईमा लैजान मन, वचन र कर्मले कटिबद्ध रही काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .