ad ad

राजनीति


अब रातकाे समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

अब रातकाे समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

नेपालखबर
साउन १५, २०७७ बिहिबार १४:४८,

देशका विभिन्न स्थानबाट आउने यात्रुबाट कोरोना संक्रमण फैलिएको भन्दै सरकारले आजै (बिहीबार) देखि रातको समय काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएकाे छ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्ति जारी अबदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाका नाकामा आवागमन पूर्ण रुपमा बन्द गराइएकाे जानकारी दिएका हुन्। 

विज्ञप्तिमा भनिएको छ-

‘काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड-१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरूमा कोभिड–१९ पोजिटिभ पाइएकाले नाकाहरूको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था हुन, अर्काे आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक आज मिति २०७७/०४/१५ गतेदेखि लागू हुने गरी प्रत्येक दिन साँझ ७ः०० बजेदेखि बिहान ७ः०० बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रूपमा बन्द गराउन, काठमाडौं उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण रूपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूपमा विशेष निर्देशन जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि हार्दिक अनुरोध छ।’

हेर्नुहाेस्, विज्ञप्ति :

bigri

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .