ad ad

राजनीति


दरबारमार्ग बृत्तको जिम्मा डीएसपी रामेश्वर पौडेललाई

दरबारमार्ग बृत्तको जिम्मा डीएसपी रामेश्वर पौडेललाई

नेपालखबर
साउन १५, २०७७ बिहिबार १५:३१,

प्रहरी प्रधान कार्यालयले दरबारमार्ग बृत्त प्रमुखको जिम्मेवारी डीएसपी रामेश्वर पौडेललाई दिएको छ।

डीएसपी रन्जन दाहाल सुन र पेस्तोलको घटना छानबिनमा तानिएपछि बृत्तको जिम्मेवारी पौडेललाई दिइएको हो। उनलाई बिहीबार प्रहरी प्रधान कार्यालयले काजमा खटाएको हो। पौडेल यसअघि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

बृत्तका डीएसपी दाहाल भने प्रहरी प्रशिक्षण प्रतिष्ठान तानिएका छन्। उनीमाथि एसएसपी सुसिल यादवको संयोजकत्वमा गठित समितिले छानबिन थालेको छ।

सुन र पेस्तोल बरामद भएको घटनास्थल दाहालले कमलादी बताएका थिए तर सीसीटीभीबाट घटनास्थल सुन्धारा भएको पाइएपछि उनी तत्कालै बृत्त प्रमुखबाट हटाइएका हुन्।

यो घटनामा संलग्न अन्य प्रहरीमाथिी पनि छानबिन सुरु भएको छ। घटनामा संलग्न ५ जना पक्राउ परिसकेका छन्। दुई जना अझै फरार छन्।

घटनामा प्रयोग गरिएको गाडी काठमाडौं प्रहरी परिसरले बिहीबार ललितपुरको नक्खीपोटमा फेला पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .