ad ad

राजनीति


प्रदेश सांसद कृष्णा केसीलाई कोरोना संक्रमण, आफूसँग भेटघाट गरेका सबैलाई परीक्षण गर्न आग्रह

प्रदेश सांसद कृष्णा केसीलाई कोरोना संक्रमण, आफूसँग भेटघाट गरेका सबैलाई परीक्षण गर्न आग्रह

प्रकाश न्यौपाने
साउन २५, २०७७ आइतबार २:४५,

प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ।

सांसद केसी आफैंले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।

‘संक्रमित क्षेत्रमा जनतामाझ आउजाउ गर्दा मलाई कोरोना भएको हुन सक्छ’, उनले लेखेकी छन्, ‘त्यसैले मेरो सम्पर्कमा आएका सबैजना सेल्फ आइसोलेसनमा बस्नुस् र पीसीआर परीक्षण गराउनुस्।’

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ निवासी केसी, नेकपा निर्वाचन क्षेत्र १ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

कोरोना कहरबीच बाँकेको नरैनापुरमा विद्युत् पुर्याउने पहलमा उनी खटिएकी थिइन्। पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिका कार्यालय, राजश्व कार्यालयलगायतका आधा दर्जन बढी अधिकृतलाई कोरोना संक्रमण भइसकेको छ।

त्यहाँ धेरैजसो स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमित बढ्दै गएको ती क्षेत्रमा सांसद केसी पनि आउजाउ गरिरहेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .