ad ad

राजनीति


डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको औपचारिक उम्मेदवार बनेका बाइडेनलाई विपक्षीको पनि समर्थन

डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको औपचारिक उम्मेदवार बनेका बाइडेनलाई विपक्षीको पनि समर्थन

नेपालखबर
भदौ ३, २०७७ बुधबार ७:८,

पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरिएको हो।

डेमोक्रेटिक पार्टीले कोरोना भाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ। पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन्।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन्।

यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन्।

बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्रेटिक र रिपब्लीकन दुबै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन्।

पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिएका छन्।

हाल ९५ वर्ष पुगेका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा परे।

कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरुको कटु आलोचना गरेका छन्। राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धमिलो भएको उनीहरुको आरोप छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .