ad ad

समाज


अछाम बाढी अपडेट : ७ जनाको शव भेटियो, बेपत्ता १७ मध्ये १० जना एकै परिवारका

अछाम बाढी अपडेट : ७ जनाको शव भेटियो, बेपत्ता १७ मध्ये १० जना एकै परिवारका

गोकुल जोशी
भदौ ३, २०७७ बुधबार ६:५४,

अछामको रामारोशन गाउँपालिका– ५ मा मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले बगाएर बेपत्तामध्ये ७ जनाको शव भेटिएको छ।

बुधबार मध्यान्हसम्म बाढीले बगाएर बेपत्ता १७ मध्ये विभिन्न ठाउँमा ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

मंगलबार राति रामारोशन गाउँपालिका–५ को स्थानीय कैलाश खोलामा आएको बाढी बस्तीमा पसेको थियो। बाढी बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए। उनीहरुमध्ये १० जना एकै परिवारका रहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झकर बहादुर साउँदले बताए।

उनका अनुसार स्थानीय स्थानीय नन्दु साउँदको १० जनाको परिवारसहित लालसरा शाह, उनका छोरा छोरी, हिक्मत शाहको दुई जना परिवार, चन्दे साउँद, बासु साउँद र जोगा साउँद बाढीले बगाएर बेपत्ता भएका छन्।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष, दर्नास्थित कैलाश खोलाको किनारमा एक महिला र एक पुरुष, मंगलसेन नगरपालिका– १० जुपुस्थित एक जनाको र मंगलसेन नगरपालिका–३ दयमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको हो।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरु बेपत्ताको खोजी कार्यमा जुटेका छन्।

अविरल वर्षासँगै बस्ती पसेको बाढीले ठूलो मानवीय क्षतिसंगै भौतिक क्षति पनि पु¥याएको छ। बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्।

बेपत्ताहरुको उद्धारका लागि हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .