ad ad

समाज


राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

नेपालखबर
भदौ ३, २०७७ बुधबार ७:३७,

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर बुधबार सार्वजनिक बिदा दिएको छ।

आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ।

बुधबार बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो।

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मंगलबार साँझ निधन भएको थियो। राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मिएका हुन्।

स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .