ad ad

राजनीति


सरकारविरुद्ध आन्दोलनमा उत्रने राप्रपा (संयुक्त) को चेतावनी

सरकारविरुद्ध आन्दोलनमा उत्रने राप्रपा (संयुक्त) को चेतावनी

नेपालखबर
साउन ५, २०७६ आइतबार ८:५४,

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

अध्यक्ष राणाले आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका हुन्।

उनले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे। अध्यक्ष राणाले दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेकाले त्यसको विरोधमा आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।

बैठकमा पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .