ad ad

राजनीति


७७ जिल्लामा तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न देउवाको आग्रह

७७ जिल्लामा तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न देउवाको आग्रह

नेपालखबर
भदौ ७, २०७७ आइतबार ९:३८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सामना संयम, एकता र दृढता साथ गर्न सबैमा अपिल गरेका छन्।

आइतबार एक अपिल सार्वजनिक गर्दै पूर्वप्रधानमनत्री समेत रहेका देउउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थिति सामना संयम र एकता साथ गर्न अपिल गरेका हुन्। उनले महामारी रोक्न लगाइएको लकडाउनका कारण जनजीवन थप कष्टकर बनेको बताएका छन्।

‘देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ’, सभापति देउवाद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु।’

सभापति देउवाले प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको भन्दै उच्च प्रशंसासमेत गरेका छन्। उनले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन्।

उनले कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने खालका घटान भएको सुन्दा आफूलाई दुःख लागेको बताउँदै स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका अपनाउन तीनै तहका सरकारसँग आग्रह समेत गरे।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ। स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु’, उनले भनेका छन्, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ। आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो। यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु।’

सभापति देउवाले लकडाउनको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारसँग माग गरेका छन्। ‘पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग गर्दछु’, उनले भनेका छन्, ‘कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु।’ उनले खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न समेत सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .