गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत गायक ‘उडी जाने जेट’ सार्वजनिक भएको छ। लेखु सहयात्रीको शब्द र सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ बिट यस गीतमा एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ। प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ।
गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको यसअघि ‘सानी’ हिट गीत मानिन्छ
3
Shares
प्रतिक्रिया