ad ad

राजनीति


सचिवालय बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफल

सचिवालय बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफल

नेपालखबर
भदौ १७, २०७७ बुधबार ११:४९,

सचिवालय बैठकको पूर्वसन्ध्यामा सो बैठकका एजेण्डा तय गर्नको लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

सचिवालय बैठक भोलि (बिहीबार) बस्दैछ। बैठकको एजेण्डा तय गर्नको लागि दुई अध्यक्षबीच छलफल भइरहेको प्रचण्डनिकट स्रोतले जनाएको छ।

उपाध्यक्ष वामदेव गौतमले पार्टी कमिटीले फागुन १४ गते गरेको निर्णय कार्यान्वयन गर्दै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि नेकपाभित्र नयाँ बहस सुरु भइरहेका बेला ओली र प्रचण्डबीच भेट भएको हो।

साउन ३० गते गठन भएको नेकपाभित्रको पार्टी विवाद समाधान गर्न गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। यसअघि सो प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बोलाइएको हो।

तर, यसबीचमा गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफ्नो दाबी प्रस्तुत गरेको हुँदा सो विषय पनि छलफल हुने भएको हो।

फागुन १४ को सचिवाल बैठकले गौतमलाई राष्ट्रिय सभामा सदस्य बन्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसैले त्यसबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको थपिएको कार्यकाल समेत भदौ २० गते सकिँदैछ। संसद नरहेको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने संबैधानिक व्यवस्था छ।

ओलीले केहि दिनभित्र नै डा.खतिवडालाई नै निरन्तरता दिने वा पार्टीका शक्तिशाली नेता गौतमलाई राष्ट्रियसभामा लैजाने लगायतका कुनै विकल्पबाट निर्णय लिनुपर्ने अवस्थामा छन्।

याे पनि: 
राष्ट्रिय सभामा जाने वामदेवको चाहना : होला त पार्टी निर्णयको कार्यान्वयन?
राष्ट्रिय सभा सदस्यमा गौतमको अडानले फेरि अप्ठेरोमा ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .