ad ad

समाज


जनकपुरको कुवा बजारस्थित सडक किनारामा भेटियो एक वृद्धको शव

जनकपुरको कुवा बजारस्थित सडक किनारामा भेटियो एक वृद्धको शव

शैलेन्द्र महतो
भदौ १७, २०७७ बुधबार ११:५२,

जनकपुरमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१२, कुवा बजारस्थित सडक किनारामा स्थानीय ७५ वर्षीय मनिराम यादव बुधबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 अत्यधिक मदिरा सेवन गरेपछि उनको मृत्यु भएको हुन सक्ने धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

उनका अनुसार मत्यु भएका यादव आफ्नो घरमा बस्ने गरेका थिएनन्। उनी मागेर खाँदै हिड्ने गरेका थिए।

मृतक यादवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .