ad ad

राजनीति


विजय रामको घरमै पुगेर मुख्यमन्त्रीले दिए दोषीलाई कडा कारबाही गर्ने आश्वासन

विजय रामको घरमै पुगेर मुख्यमन्त्रीले दिए दोषीलाई कडा कारबाही गर्ने आश्वासन

शैलेन्द्र महतो
भदौ १८, २०७७ बिहिबार १२:४१,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिवद्धता ब्यक्त गरेका छन्।

रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँग मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताए।

रौतहटको गरुडा नगरपालिकाको जिङ्गडियामा हत्या भएको राम परिवार सँगको भेटमा उनले गरुडा घटनाबारे सूक्ष्म छानबिनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्चस्तरीय छानबिन समिति गठन भइसकेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गरे।

मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे।

आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको बताउँदै न्याय पाउनेमा विश्वस्त रहन पीडित परिवारलाई आग्रह गरे।

यसैगरि माधव नारायण नपामा हत्या भएका पुजारी राम साहको हत्यास्थल पुगेका मुख्यमन्त्री राउतले हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता जनाए।

साधु जस्तो ब्यक्तिलाई हत्या गर्नेलाई फासिको सजाय पनि कम हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता अपरधीलाई ईश्वरले पनि माफ गर्न नसक्ने धारणा व्यक्त गरे।

कार्यक्रममा आन्तरिक मामिला मन्त्री यादवले प्रदेश २ मा शान्ति सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।

उक्त अवसरमा भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनीतिकरण नगर्न विपक्षीलाई चेतावनी दिए।

उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले आजै खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मन्त्रीले सयुंक्त रुपमा प्रहरी चौकीको भवन शिलान्यास समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .