ad ad

राजनीति


२० वर्षको युद्ध एक घण्टामा अन्त्य हुँदैन, कारण खोजी नभई युद्धबिराम हुँदैनः तालिबान

२० वर्षको युद्ध एक घण्टामा अन्त्य हुँदैन, कारण खोजी नभई युद्धबिराम हुँदैनः तालिबान

नेपालखबर
असोज १, २०७७ बिहिबार ८:५२,

तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता शुरु भएलत्तै तालिबान समूहले हिंसात्मक कारबाहीमा कमी ल्याएको दाबी गरे।

उनले तर सरकारी फौजले आक्रामक कारबाही जारी राखेकामा दुःख व्यक्त गरे।

प्रवक्ता नईमले भने, “बीस वर्षदेखिको युद्ध एक घण्टामै अन्त्य हुन सक्दैन भन्नेमा सबै विश्वस्त हुन आवश्यक छ। हाम्रो दृष्टिकोणमा वर्तमान समस्या र युद्धका मुख्य पक्षहरुका बारेमा छलफल गरिनु सान्दर्भिक हुन्छ ताकि यो समस्यालाई स्थायी रुपमै समाधान गर्न सकिन्छ।”

उनले भनेका छन्,“मानिलिउँ, आजै हामीले युद्धबिराम घोषणा गर्यौं, तर भोलि हामी सहमतिमा पुगेनौं भने त्यसको जिम्मेवारी कसले लिन्छ? के हामीले फेरि युद्ध शुरु गर्नु? यसको अर्थ के हो?”

उनले तालिबानको मुख्य चाहना नै अफगानिस्तानलाई इस्लामिक राष्ट्र बनाउनु रहेको बताए। यसका बारेमा आमजनता र मुलुक नै दृढ रहेको उनको भनाइ छ।

प्रवक्ता नईम भन्छन्।“हाम्रो अर्को उद्देश्य अफगानिस्तानमाथिको विदेशी अतिक्रमण अन्त्य गर्नु हो।”

उनले वार्तामा उतारचढाब भए पनि अफगान र तालिबान प्रतिनिधिमण्डलबीचको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले आफूहरु बलियो इच्छाशक्ति र प्रतिबद्धताका साथ शान्ति प्रक्रियामा प्रवेश गरेको बताउँदै विभिन्न जटिलताका बाबजूद यो प्रक्रिया सहज रुपमा अघि बढ्ने उल्लेख गरे।

अफगान सरकार र तालिबानबीच कतारको दोहामा वार्ता हुन थालेको पाँच दिन पुगिसकेको छ।

अमेरिकी मध्यस्थतामा यो अफगान सरकार र तालिबानबीचको पहिलो औपचारिक वार्ता हो। सूत्रका अनुसार औपचारिक सम्झौताका लागि दुबै पक्षबीच कार्यविधि र विधिका बारेमा सहमति जुट्न सकेको छैन। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .