ad ad

राजनीति


मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:४२,

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो।

सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने बताइएको छ।

यस्तै संवैधनिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा पनि त्यसका लागि पदाधिकारी चयनका आधार तय गर्ने संभावना रहेकाे एक नेताले बताए।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा तीनवटा अवधारणामा छलफल जारी छ।

प्रधानमन्त्रीबाहेक सबैलाई राजीनामा गराएर पुरै नयाँ ढंगबाट मन्त्रिमण्डल गठन गर्ने, राम्रो काम गरेकालाई राखेर बाँकीलाई हटाउने र खालि रहेका मन्त्रालय र अन्यमा सामान्य फेरबदल मात्रै गर्ने प्रस्तावहरुमाथि छलफल भएकाे तर टुंगो लागेकाे छैन।

पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा रहेको नेताहरुको भनाइ छ।

आजको बैठकमा यसबारे एउटा समझदारी बनाएर छनोट गर्ने जिम्मा अध्यक्षद्वयलाई दिने संभावना रहेको एक सचिवालय सदस्यले बताए।

‘आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे मापदण्ड बनाएर नाम छान्ने जिम्मा अध्यक्षद्वयलाई दिनेछ र संबैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि एउटा क्राइटएरिया बनाउनेछ,’ ती सचिवालय सदस्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .