ad ad

समाज


भारतमा एकदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै, एक लाख बढी स्वस्थ बने

भारतमा एकदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै, एक लाख बढी स्वस्थ बने

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:३६,

भारतमा गएको २४ घण्टामा एक लाखभन्दा बढी कोरोना संक्रमित निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु सङ्क्रमणमुक्त भएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मङ्गलबार जानकारी दिएको छ।

मन्त्रालयले कुल सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु सङ्क्रमणमुक्त भएको पनि जनाएको छ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, “भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो।”

भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ४४ लाख ९७ हजार जना सङ्क्रमणमुक्त भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .