ad ad

राजनीति


डा. केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार अक्षम्य : गगन थापा

डा. केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार अक्षम्य : गगन थापा

नेपालखबर
असोज ६, २०७७ मंगलबार १२:४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको दुव्र्यवहार क्रूरताको पराकाष्टा भएको बताएका छन्।

मंगलबार काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज जान नदिई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको थिए। सोही घटनालाई लिएर नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनल सत्याग्रहीलाई ईच्छा विपरीत छुन पनि नपाइने प्रचलन भए पनि अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको बताएका छन्। उनले यस्तो प्रकारको व्यवहार क्रूर तानशाहले मात्रै गर्न सक्ने बताएका छन्।

उनले सरकारले सत्याग्रहीमाथि दुव्र्यवहार गरेर सरकारले आफ्नो पतनको बाटो आफै खनेको आराेप समेत लगाएका छन्।

‘सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन। तर, अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रूर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफैँ खनेको छ’, मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्।

नेपालगन्जबाट काठमाडौं उत्रिने बित्तिकै प्रहरीद्वारा जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका डा. गोविन्द केसी केही बेरमा डिस्चार्ज हुने भएका छन्।

डा. केसी अहिले साँझ सवा ६ बजे डिस्चार्ज हुने उनका सहयोगी प्रितम् सुवेदीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .