ad ad

राजनीति


सिगात्से-केरुङ रेलमार्गको फिल्ड सर्वे सकियो, नेपालतर्फको पनि चीनले नै गर्ने

सिगात्से-केरुङ रेलमार्गको फिल्ड सर्वे सकियो, नेपालतर्फको पनि चीनले नै गर्ने

नेपालखबर
असोज ६, २०७७ मंगलबार १२:२०,

चीनबाट नेपाल आउने रेलमार्ग अन्तर्गत चीनतर्फको फिल्ड सर्वे सकिएको छ।

सिगात्सेसम्म रेलको पहुँच रहेको र त्यसयता केरुङसम्मको ५ सय किलोमिटर दुरीको फिल्ड सर्वे २ दिनअघि चीनले सकेको हो।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार चीनतर्फकोे भूभागको काम सकिएको छ। अब नेपालतर्फको करिब ७२ किलोमिटरको फिल्ड सर्वे गर्ने काम बाँकी छ। यो काम पनि चीनले नै गर्ने उनको भनाइ छ।

‘यो समयसम्म दुवैतर्फको फिल्ड सर्वे सकिन्थ्यो होला तर कोरोनाको कारणले गर्दा दुई देशबीच आवतजावत नै हुन पाएन र काम रोकियो,’ उनले भने।

Nepal China railwork 1

नेपालतर्फ रेलमार्ग निर्माण गर्न चीनले धेरै चासो देखाएको मिश्रले बताए।

‘कोरोना संक्रमणको अवस्थामा पनि उनीहरुले आफ्नो भूभागको फिल्ड सर्वे सकेका छन्। सिगात्सेसम्म रेलमार्ग विस्तार भइसकेको छ। अब केरुङसम्म ल्याउन उनीहरुले जोड लगाइरहेका छन्,’ उनले भने, ‘नेपालसँग रेलमार्ग जोड्न हामीभन्दा उनीहरु आतुर भएर काम गरिरहेका छन्।’

गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आएको समयमा चीन–नेपाल सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू भएको थियो।

Nepal China Railwork

त्यसपछि दुई देशबीचको बैठकले चीनले विस्तृत सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको भएको थियो।

त्यसैअनुसार चीनको यातायात मन्त्रालयले फिल्ड सर्वे गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .