ad ad

राजनीति


एसिड आक्रमणकारीलाई कडा कारबाहीको प्रावधानसहित अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

एसिड आक्रमणकारीलाई कडा कारबाहीको प्रावधानसहित अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

नेपालखबर
असोज ८, २०७७ बिहिबार १६:४,

सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने गरी अध्यादेश ल्याउने भएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणकारीलाई कारबाहीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए।

एसिड आक्रमणविरूद्ध फौजदारी अपराध संहिता ऐन संशोधनसम्बन्धी र बिक्री वितरण नियमनसम्बन्धी दुईवटा अध्यादेश बिहीबारको मन्त्रिपरिषदमा पेस भएको र मन्त्रीहरूलाई राय÷सुझाव दिन शुक्रबार मध्याह्न १२ बजेसम्मको समय दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलगायतका अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुनको मस्यौदा बनाउन निर्देशन दिएका थिए।

एसिड आक्रमण गर्नेहरूलाई २० वर्षसम्म जेल सजाय तोक्ने गरी अध्यादेश ल्याउने निर्णय भएको हो।

संसद् बैठक नबसेको बेला सरकारले अध्यादेशमार्फत नयाँ कानुन ल्याउन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .