ad ad

राजनीति


मुख्यसचिव रेग्मीद्वारा राजीनामा, मन्त्रिपरिषद् बैठक जारी

मुख्यसचिव रेग्मीद्वारा राजीनामा, मन्त्रिपरिषद् बैठक जारी

नेपालखबर
असोज १५, २०७७ बिहिबार ५:१३,

मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्।

वालुटारस्रोतका अनुसार मुख्यसचिव रेग्मीको राजीनामापछि अहिले बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।

रेग्मीको कार्यकाल कार्तिक ३ गते सकिँदै थियो।

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बिहान नौ बजेका लागि बैठक बोलाएको भएपनि १० बजेबाट बैठक सुरु भएको हो।

एक मन्त्रीका अनुसार गए रातिनै मन्त्रीहरुको सचिवालयलाई खबर गरेर बिहान मन्त्रिपरिषदको बैठक रहेको जानकारी गराइएको थियो।

बैठकको एजेण्डाबारेमा भने कुनै जानकारी नगराइएको उनले बताए।

नियमित रुपमा सोमबार वा बिहीबार बैठक बस्ने गरेपनि यसअघि आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो।

तर बैठकले कृषि मन्त्रालयसम्बन्धी केही निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .