ad ad

राजनीति


डा. केसीको स्वास्थ्य अवस्थाप्रति समयमै संवेदनशील बन्न आयोगको आग्रह

डा. केसीको स्वास्थ्य अवस्थाप्रति समयमै संवेदनशील बन्न आयोगको आग्रह

नेपालखबर
असोज २१, २०७७ बुधबार १०:५८,

राष्ट्रिय मानवअधिकार आयोगले अनसनमा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्तजनक बन्दै गैरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ। निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

आयोगले डा. केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको विज्ञप्तिमा जनाइएको छ।

‘चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा जस्तो आधारभूत मानव अधिकारको विषयमा नेपाल सरकार र डा. केसीबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सार्वजनिक गर्न तथा निजको स्वास्थ्य अवस्था र उचित मागहरुप्रति समयमै संवेदनशील बन्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’ आयोगले भनेको छ, ‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

साथै, आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोग अनसनरत डा. केसीलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .