ad ad

राजनीति


शीतयुद्धको मानसिकता त्याग्न अमेरिकालाई चीनको आग्रह

शीतयुद्धको मानसिकता त्याग्न अमेरिकालाई चीनको आग्रह

नेपालखबर
असोज २१, २०७७ बुधबार ११:०,

हालै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जापानमा दिएको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै चीनले बुधबार अमेरिकाले शीतयुद्धको मानसिकता त्याग्नु पर्ने बताएको रोयटर्सले जनाएको छ।

अमेरिकाले चीनविरुद्ध लगातार रुपमा दिँदै आएको अभिव्यक्त र लगाउँदै अएका आरोपहरु तत्काल रोक्नुपर्ने चीनको भनाइ छ।

अमेरिकी विदेशमन्त्री पोम्पिओले राजनीतिक द्वन्द्व जानाजान पैदा गर्न तथा बेइजिङलाई नराम्रो देखाउन बदमाशी गर्दै आएको चीनले आरोप लगाएको छ।

US Reviewing Troops Deployment To Counter China's Threat To India: Mike  Pompeoमाइक पोम्पिओ

पोम्पिओले क्वाड बैठकमा सहभागी हुन मंगलबार जापानको भ्रमण गरेका थिए। त्यहाँ उनले अस्ट्रेलिया, भारत र जापानसँग मजबुत सम्बन्धको वाचा गर्दै चीनविरुद्ध एक हुन आग्रह गरेका थिए।

चीनले क्वाड समूहलाई आफूविरुद्धको समूहको रुपमा हेर्ने गरेको छ। क्वाडमा आवद्ध मूलुकहरुले बारम्बार चीनको आलोचना गर्दै आएका छन्। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .