ad ad

राजनीति


सरकार र डा केसी दुवै पक्षका वार्ता टोली आन्तरिक छलफलमा

सरकार र डा केसी दुवै पक्षका वार्ता टोली आन्तरिक छलफलमा

नेपालखबर
असोज २२, २०७७ बिहिबार १५:२४,

सरकार र आमरण अनसनरत डा. गोविन्द केसीका प्रतिनिधिहरु आन्तरिक छलफलमा जुटेका छन्।

बिहीबार भएकाे वार्तापछि दुवै टोलीहरुले छुट्टाछुट्टै छलफल सुरु गरेका हुन्।

बिहान साढे १० बजेबाट शिक्षा मन्त्रालयमा शुरु भएको वार्ता दिउँसो २ घण्टा रोकिएर पुनः सुरु भएको थियो। वार्ताका क्रममा उठेका विषयमा दुवै टोली आन्तरिक छलफल गर्नुपर्ने भन्दै राति साढे ८ बजे केही समयमा लागि रोकिएको छ ।

‘आन्तरिक छलफल गर्नुपर्ने भएकाले वार्ता टोलीहरुबीच केही समयका लागि वार्ता रोकिएको छ’ डा गोविन्द केसी सोलिडायरिटी अभियानका प्रितम सुवेदीले भने, ‘छलफलपछि आजै बेलुकी तथा भोलि बिहान पुनः वार्ता सुरु हुने छ।’

शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा रहेक वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सह सचिव गुणराज लोहनी र चिकित्सा सेवा आयोगका सदस्य दिलिप शर्मा रहेका छन्।

डा केसीको तर्फबाट डा. जीवन क्षत्री संयोजक रहेका छन्। सदस्यमा स्वास्थ्य अनुसन्धान परिषदमा अध्यक्ष अञ्जनीकुमार झा, चिकित्सक संघका अध्यक्ष लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .