ad ad

समाज


अर्नब गोस्वामीको टिभीसहित तीन च्यानलमाथि पैसा दिएर टीआरपी बढाएको आरोप

अर्नब गोस्वामीको टिभीसहित तीन च्यानलमाथि पैसा दिएर टीआरपी बढाएको आरोप

नेपालखबर
असोज २२, २०७७ बिहिबार १५:१६,

मुम्बईका प्रहरी कमिस्नर परमविर सिंहले बिहीबार पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन्।

उनका अनुसार हालसम्म तीन टेलिभिजन च्यानलको बारेमा पत्ता लागेको छ, जो टेलिभिजन रेटिङ प्वाइन्ट्स बढाउन टीआरपी कम्पनीलाई पैसा अफर गर्दथे।

रिपब्लिक टिभीले भने आरोपलाई अस्वीकार गरेको छ।

रिपब्लिकका प्रधान सम्पादक अर्नब गोस्वामीले भनेका छन्,‘मुम्बई प्रहरी कमिस्नर परमविर सिंहले रिपब्लिक टिभीविरुद्ध झुठो आरोप लगाएका छन्, हामीले सुशान्त सिंह राजपुतको मामिलामा उनीविरुद्ध प्रश्न गरेका थियौं। हामी उनीविरुद्ध आपराधिक मानहानीको मुद्दा हाल्नेछौं। मुम्बई प्रहरी कमिस्नरले माफी माग्नुपर्छ नभए अदालतमा बहसका लागि तयार हुनुपर्छ।’

मुम्बई प्रहरीका अनुसार टीआरपी काण्डमा दुई मराठी च्यानलका मालिकलाई गिरफ्तार गरिसकिएको छ।

प्रहरीका अनुसार टीआरपीको सिधा सम्बन्ध विज्ञापनबाट आउने पैसासँग हुन्छ। टीआरपी घटीबढी भए हजारौं करोडको आम्दानीमा असर पुग्ने बताइएको छ।

मुख्य आरोप

भारतमा बीएआरसी बार्क नामको एजेन्सीले टीआरपी तय गर्दछ।

मुम्बई प्रहरीका अनुसार बार्कले टीआरपीको काम गर्न हंसा नामको एक एजेन्सीलाई दिएको छ।

हंसा एजेन्सीका अधिकारीहरुले रिपब्लिकसहित केही टेलिभिजनसँग पैसा लिएर उनीहरुको टीआरपी बढाएका छन्। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .