ad ad

राजनीति


सिमानामा भारतले ४४ वटा पुल बनाएपछि चीनले भन्योः भारतकै कारण विवाद निम्तियो

सिमानामा भारतले ४४ वटा पुल बनाएपछि चीनले भन्योः भारतकै कारण विवाद निम्तियो

नेपालखबर
असोज २८, २०७७ बुधबार १३:६,

सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले चीन र पाकिस्तानका सिमाना नजिकै बनाइएका पुलको उद्घाटन गरेका थिए।

उनले सो क्रममा सीमा क्षेत्रमा पाकिस्तान र चीनले विवाद निम्त्याउन खोजेकाले पुलहरु बनाइएको बताएका थिए।

ती पुलहरु लद्दाख, जम्मु–कस्मिर, अरुणाचल प्रदेश, सिक्किम, हिमाचल प्रदेश, उत्तराखण्ड र पन्जाबमा बनाइएका छन्।

भारतको बोर्डर रोड अर्गनाइजेसनले उक्त पुल बनाउनुको उद्देश्य भारतीय सेनाको गतिविधिलाई सहज बनाउनु भएको जनाएको छ।

भारतले पुलहरु बनाएसँगै चीनले मंगलबार भारतकै कारण हालको सीमा विवाद निम्तिएको आरोप लगाएको छ।

मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले तथाकथित केन्द्र शासित लद्दाख अवैधानिक रुपमा खडा गरिएकाले त्यसलाई मान्यता नदिने बताउँदै अरुणाचल प्रदेशलाई पनि मान्यता नदिने बतायो।

झाओले विवादित सीमा क्षेत्रमा भारतले संरचना निर्माण गरेर सैन्य विवादलाई बढावा दिएको पनि आरोप लगाए। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .