अमेरिकी रािष्ट्रय सुरक्षा सल्लाहकार रोवर्ट ओ’ ब्रायनले हङकङका नागरिकलाई अमेरिकाले बासस्थान दिने बताएका हुन्।
यसअघि बेलायतले पनि हङकङबासीलाई आफूले स्वागत गर्ने बताएको थियो।
नन–पार्टिसन एस्पेन इन्स्टिट्युटले आयोजना गरेको कार्यक्रममा बोल्दै ब्रायनले चीनको सिनजियाङमा अल्पसंख्यक उइगर मुसलमानको नरसंहारको प्रयास भएको आरोप लगाउँदै चिनियाँ बदमाशीविरुद्ध ताइवानले आफ्नो रक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने पनि बताए।
अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद भइरहँदा अमेरिकी सुरक्षा सल्लाहकार ब्रायनले चीनविरुद्ध अभिव्यक्ति दिएका हुन्।
ब्रायनले भनेका छन्,‘अमेरिकामा हङकङबाट धेरै आप्रवासी आए उत्तम हुनेछ। उनीहरु डराएका मानिसहरु हुन्। जो हङकङमा गएर समय बिताएका छन् उनीहरुलाई त्यहाँ के भएको छ सबै थाहा छ। जे हुन लागेको छ त्यो दुखदायी हुनेछ। हङकङ पूर्ण रुपमा चीनमा समाहित भएको छ।’ एससीएमपी
प्रतिक्रिया