ad ad

राजनीति


ट्याक्क्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्क्टर दुर्घटनामा एकको मृत्यु

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ९:५९,

स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ग१त ५६३७ नंको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको ट्याक्टर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .