पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण भएको छ।
उनीसँगै श्रीमती तारा मानन्धर पनि कोरोना पोजेटिभ भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएपनि दुवै छोराहरुलाई नेगेटिभ देखिएको उनले बताएका छन्।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
बितेको १० दिन यता आफूले कसैलाई नभेटेको पनि पूर्वमन्त्री बाँस्कोटाले जानकारी दिएका छन्।
प्रतिक्रिया