ad ad

राजनीति


हुम्ला पुगेका कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, हेलिकोप्टरबाट सिमिकोट ल्याइयो

हुम्ला पुगेका कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, हेलिकोप्टरबाट सिमिकोट ल्याइयो

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ११:४९,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्।

मुख्यमन्त्री शाही शनिबार सदरमुकाम सिमकोटबाट तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ जाने क्रममा हुडिगाउँ र लिमाटाङ गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका हुन्। उनी शुक्रबार सिमिकोट पुगेका थिए।

सदरमुकामबाट गाडीमा आएका मुख्यमन्त्री शाहीलाई स्थानीय लामा समुदायले स्वागतका लागि घोडामा चढाएका थिए। स्वागतलगत्तै मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भएका हुन्। नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराका अनुसार मुख्यमन्त्री चढेको घोडा तर्सिदा उनी लडेर घाइते भएका हुन्।

मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ। मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ता सो यात्रामा थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .