ad ad

राजनीति


ट्रम्पले ह्वाइट हाउस छाड्न मान्दै मानेनन् भने के गर्लान् बाइडेन?

ट्रम्पले ह्वाइट हाउस छाड्न मान्दै मानेनन् भने के गर्लान् बाइडेन?

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ३:१३,

अमेरिकाको २ सय ४४ वर्षे इतिहासमा अहिलेसम्म कुनै त्यस्ता राष्ट्रपति थिएनन्, जसले चुनाव हारेर पनि ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) छाड्न इन्कार गरेका हाेउन्। कानुनी र शान्तिपूपर्ण ढंगले सत्ता परिवर्तन गर्नु अमेरिकी लोकतन्त्रको विशेषता रह्यो।

तर डोनाल्ड ट्रम्प नै अमेरिकाका पहिलो त्यस्ता राष्ट्रपति देखिए जसले चुनाव हारिसक्दा पनि ह्वाइट हाउस छाड्न अस्वीकार गरिरहेका छन्।

तसर्थ यतिेबला अमेरिकाका विज्ञ विचार गरिरहेका छन- साँच्चै ट्रम्पले सत्ता छाड्न मान्दै मानेनन् भने कस्तो परिस्थिति आउला, कस्ताे कदम चाल्नुपर्ला?

‘चुनाव अझै सकिएको छैन’
जो बाइडेन विजयी भएको खबर सार्वजनिक भएको नोभेम्बर ७ का दिन ट्रम्प वासिङ्टनमा गल्फ खेलिरहेका थिए। यस्तो खबर आउनासाथ उनले विज्ञप्ति जारी गर्दै भने, ‘चुनाव अझै सकिएको छैन।’

‘मलाई सबै कुरा थाहा छ- बाइडेन आफूलाई गलत तरिकाले विजयी घोषणा गर्न हतारिएका छन, उनका समर्थक सञ्चारमाध्यमले उनलाई किन मद्दत गरिरहेका छन्? उनीहरू चाहँदैनन् कि सत्य कुरा बाहिर आओस्,’ उनले विज्ञप्तिमा भनेका थिए। यस क्रममा उनले चुनावमा धाँधली भएको दाबी पनि गरेका छन्।

बाइडेनले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत प्राप्त गरिसकेका छन्। यसकारण उनलाई अब अमेरिकाको राष्ट्रपति बन्ने अधिकार छ। ट्रम्पका सामु अब कानुनी बाटा पनि एकदमै कम छन‍्।

उनले चुनावमा धाँधली भयो भनेर जुन आरोप लगाइरहेका छन्, त्यसको कुनै प्रमाण उनीसँग छैन। अदालतले उनलाई आरोप पुष्टि गर्ने मौका दियो भने केही सम्भावना बाँकी रहन सक्छ। नत्र जनवरी २० तारिखका दिन बाइडेनले अमेरिकाको नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्।

सेना प्रयोग होला?
गत जुन ११ तारिखका दिन टीभी अन्तर्वार्तामा जो बाइडेनलाई सोधिएको थियो- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मान्दै मानेनन् भने तपाईं के गर्नु हुन्छ? 

जवाफमा बाइडेनले भनेका थिए- यसबारे मैले सोचेको छु।उनले अगाडि भनेका थिए- यस्तो स्थिति आएका खण्डमा मलाई विश्वास छ- सेनाले उनलाई ह्वाइट हाउसबाट निकाल्नेछन्।

बाइडेनले जित्ने अनुमान हुनासाथ उनकाे सुरक्षाबलले उनको सुरक्षा बढाएका थियाे।

बीबीसी मुन्डो सेवाले केही अमेरिकी जानकारसँग सोधेको थियो- कुनै राष्ट्रपतिले आफ्नो सुरक्षाबलभित्रका खास व्यक्तिको सहयोगमा कुनै अभूतपूर्व परिस्थिति खडा गर्न सम्भव छ?

अमेरिकास्थित ओहोयो स्टेट युनिभर्सिटीका प्राध्यापक डकोटा रसेडिलका अनुसार कुनै राष्ट्रपतिका लागि चुनाव हारेपछि आफ्नो शक्तिको गलत प्रयोग गर्न निकै मुस्किल र कल्पनाभन्दा बाहिरको कुरा हो।

उनले भने, ‘यस्तो भयो भने देश, जनता, सेना र विश्व राजनीति र लोकतन्त्रकै निम्ति निकै घातक हुनेछ।’

उनलाई विश्वास छ- ट्रम्पले यस्तो नगर्लान्। यस क्रममा उनले यो पनि संकेत गरे- अमेरिकी सेनाका सर्वाेच्च अधिकारी ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले धेरैपटक भनिसकेका छन् कि चुनावमा सेनाको कुनै भूमिका हुँदैन।

केसा ब्लाइन पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक हुन्, साथै उनी सामाजिक विरोधबारे जानकार पनि हुन्। बीबीसीसँग कुरा गर्दै उनले भने, ‘यस अवस्थामा हाम्रो सेनाको भूमिकाबारे कुरा गर्नुपर्दा हाम्रो देशको हालत कति खराब छ?’

उनले अगाडि भने, ‘४ वर्षअघि अमेरिकी नागरिकले याे सोचेकै थिएनन्, तर ट्रम्पले पोर्टल्यान्ड र वासिङ्टनमा संघीय प्रतिनिधि पठाए (युद्धका बेला), यो चिन्ताको कुरा हो। मलाई लाग्दैन- यस मामिलामा पनि यस्तै होला, तर सम्भावना अस्वीकार गर्न सकिन्न।’

न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार जनरल मिलेले ट्रम्पलाई १८०७ काे विद्राेह ऐन प्रयाेग नगर्न राजी गराएका थिए, अन्यथा देशमा हुने विरोध प्रदर्शन दबाउन सेना परिचालन गर्न सकिन्थ्याे। यो एउटा सीमा हो, जसका कारण राष्ट्रपतिको आदेश अस्वीकार गर्न नसकिने अमेरिकी सेनाका धेरै अधिकारी बताउँछन्।’

सेनाले अस्वीकार गरेपछि ट्रम्पले नेसनल गार्डको मद्दत लिए। गृह मन्त्रालयमातहत रहने गैरसैन्य टुकडीलाई उनले विरोध प्रदर्शन दबाउन प्रयोग गरे।

यसैकारण कतिपयलाई आशंका छ- चुनावपछि उत्पन्न परिस्थितिमा पनि उनले यही टुकुडी प्रयोग गर्न सक्छन्। तर सेनाले साथ दिएन भने ट्रम्पले कुनै अभूतपूर्व अवस्था सिर्जना गर्न सक्दैनन्।’

हिंसाको सम्भावना
प्राध्यापक रसेडिलका अनुसार यस्तो अवस्था उत्पन्न हुने डर छ।

उनी भन्छन्, ‘मलाई पहिले लेखेको थिएँ- ट्रम्पले कार्यकारी आदेश प्रयोग गर्ने कोसिस गर्न सक्छन् र राजनीतिक सहयोगीको नियन्त्रणमा रहेको न्याय विभागलाई यो आदेश जारी गराउन कार्यकारी शाखालाई चुनाव विवादित र मलाई विजेता घोषित गर भन्न।’

तर रसेडिलले यो चेतावनी पनि दिएका छन्, ‘यो एकदम गलत कदम हुनेछ। दिनलायक आदेश हाेइन।’

उनका अनुसार ट्रम्पले सेनालाई यो आदेश दिने सम्भावना पनि छ कि जनवरी २० तारिखपछि अर्थात् आफ्नाे कार्यकाल सकिएपछि पनि सेनाले उनलाई सलामी दिइरहुन्।

उनले भने, ‘राष्ट्रपति (ट्रम्प) को भाषणले विरोध र हिंसाको सम्भावना बढाइदिएको छ।’

अमेरिकामा जारी ट्रम्पकाे समर्थन वा विरोधमा भइरहेका प्रदर्शनले स्थिति बिग्रने आशंका गर्न सकिन्छ। बीबीसीबाट भावानुवाद

याे पनिबाइडेनले बनाए कोरोना नियन्त्रण टोली, ट्रम्पको नीति उल्ट्याउँदै भने- सबैले मास्क लगाउनुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .