ad ad

राजनीति


प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोभिड नियन्त्रण कोषमा, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोभिड नियन्त्रण कोषमा, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १२:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ। २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।

यसैगरी अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म गन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको उनले बताए। तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ।

यसैगरी विदेशमा अलपत्र नागरिकको हकमा अब उद्दार उडान नहुने भएको छ। कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्दार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ। ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो।

यस्तै मैत्रिपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको उनले बताए।

यस्तै मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास मन्त्रीसहितको तीन सदस्य रहेको समितिले अध्ययन गर्ने भएको छ। बंग्लादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ।
सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्यूतिय सरकारी लेखा प्रणाली र संघ र र पदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्राणाली लागु गर्ने निर्णय पनि भएको उनले बताए।

यसैगरी बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनि सरकारले गरेको छ।
सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ। किजा पूजाको अवशरमा मंसिर २ गते सर्वाजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .