ad ad

राजनीति


पहिलोपटक यसो भनेर ट्रम्पले चुनावी हार स्वीकार गरेका हुन्?

पहिलोपटक यसो भनेर ट्रम्पले चुनावी हार स्वीकार गरेका हुन्?

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ३:३७,

राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भएको कुरा स्वीकार गर्न नमानिरहेका अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक नयाँ सरकार आउने संकेत गरेका छन्।

कोरोना भाइरस नियन्त्रण कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो संकेत दिएका हुन्।

‘मेरो प्रशासनले अब देशमा लकडाउन गर्दैन,’ उनले भने, ‘...भविष्यमा के हुन्छ, कसलाई के थाहा? कुन सरकार हुन्छ, समयले नै बताउला।’

यस क्रममा उनले जो बाइडेनको नाम भने नलिएको बीबीसीले उल्लेख गरेको छ।

यही नोभेम्बर ३ तारिख अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनमा बाइडेनले जित हासिल गरिसकेको भए पनि ट्रम्पले ‘चुनावमा धाँधली’ भन्दै स्वीकार गरिरहेका छैनन्।

कतिपय राज्यमा त उनले फेरि मत गन्नुपर्ने भन्दै मुद्दासमेत हालेका छन्।

बाइडेनलाई आधिकारिक रूपमा विजयी घोषणा गर्न अझै बाँकी छ। 

अमेरकाकाे परम्पराअनुसार जनवरी २० तारिख नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .