ad ad

समाज


खुलामञ्चमा होइन, अब बन्द कोठामा खुवाइने छ खाना

खुलामञ्चमा होइन, अब बन्द कोठामा खुवाइने छ खाना

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ४:३,

काठमाडौँमा आगामी मंसिर २ गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ।

स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न लागिएको हो।

काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलमा यस्तो निर्णय भएको सडकमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए।

असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। यो आश्रम काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आगामी दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिए। अधिकारीका अनुसार मुलुकका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन् । अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको जानकारी दिए।

अन्य व्यक्तिको हकमा भने बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न सम्बद्ध संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले सूचना नै जारी गरी सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचना भित्र उक्त सेवा सञ्चालन गर्न भनेको छ। त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने पनि जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिकाले घोषणा गरेको ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौँ मानवीयताको नगर’ अनुरुप स्रोत साधनले भ्याएसम्म राहत वितरण, सामूहिक भोजन सेवा, रोगको सङ्क्रमण नियन्त्रण रोकथामको कार्य सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। सामूहिक कार्यमा सहयोग गर्ने सबै संस्था तथा व्यक्तिलाई महानगरले धन्यावाद दिएको छ।

सडकमा मजदूरलाई खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक पन्तले अहिले सडकमा खाना खुवाउने क्रम जारी रहेकाले महानगरसँग सहकार्य गरेर मङ्सिर २ गतेबाट थप व्यवस्थित गरिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .