ad ad

राजनीति


अमेरिकी रक्षा मन्त्रालयका सल्लाहकार भन्छन्ः विदेशमन्त्री पोम्पिओ इजरायलको पैसाले धनी भए

अमेरिकी रक्षा मन्त्रालयका सल्लाहकार भन्छन्ः विदेशमन्त्री पोम्पिओ इजरायलको पैसाले धनी भए

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ६:२४,

अमेरिकाले इजरायललाई समर्थन गरेका कारण पोम्पिओले पैसा प्राप्त गरेको र उनी धेरै धेरै धनी भएको अमेरिकी सेनाका सेवानिवृत्त कर्णेल म्याकग्रेगरले बताएका हुन्।

सीएनएनका अनुसार सन् २०१२ र २०१९ मा म्याकग्रेगरले यस्तो आरोप लगाएका थिए।

सन् २०१९ मा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र रिपब्लिकन सिनेटर सेन.लिन्डसे ग्राहमले के इरानसँग युद्ध चाहन्छन्? भनेर सोधिएको प्रश्नमा म्याकग्रेगरले भनेका थिए,‘इजरायली लबीलाई गरेको अथाह समर्थनका कारण बोल्टन धेरै धेरै धनी भएका छन्।’

उनले भनेका थिए,‘यही कुरा विदेशमन्त्री पोम्पिओसँग पनि मेल खान्छ। उनीसँग राष्ट्रपति बन्ने आकाँक्षा छ। इजरायली लबी, साउदी र अन्यबाट पैसा पाउन उनले हात अगाडि बढाएका छन्।’

इजरायली लबीको प्रभाव अमेरिकी कँग्रेससम्मै भएको मकग्रेगरले सन् २०१२ मा बताएका थिए।

रुसको सरकारी मिडिया नेटवर्क आरटीसँग उनले इजरायली लबीले अमेरिकाले इरानमा आक्रमण गरोस् भन्ने चाहेको बताएका थिए।

इजरायली लबी ७० लाख सदस्य भएको इजरायलका लागि क्रिश्चियन समूह हो। यसले इजरायलको चासोमा अमेरिकी प्रभाव खोज्दछ। इजरायली लबी अन्तर्गत नै अमेरिकाको वासिङ्टनमा रहेको अमेरिकन इजायल पब्लिक अफेयर्स कमिटी एआईपीएसीले काम गर्दछ।

अमेरिकाले इरान र प्यालेस्टाइनसँगको विवादमा इजरायलकै साथ दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .