ad ad

समाज


ससुराली पुगेर श्रीमतीमाथि एसिड आक्रमण, घरबाट पक्राउ

ससुराली पुगेर श्रीमतीमाथि एसिड आक्रमण, घरबाट पक्राउ

शैलेन्द्र महतो
कात्तिक २९, २०७७ शनिबार ५:५८,

जनकपुरमा २६ वर्षीया आरती साहमाथि एसिड आक्रमण गर्ने उनकै श्रीमान् भएको पुष्टि भएको छ।

आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले उनकै पति जनकपुरधाम उपमहानगरपालिका-२०, देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको छ। घटनाको केही घण्टामै उनलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी छोरी आरतीमाथि एसिड आक्रमण भएको थियो। एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ। उनको अहिले उपचार जानकी हेल्थकेयरमा भइरहेको छ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीव भएको थियो। श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन्।

श्रीमान् र श्रीमतीबीच खराब सम्बन्धको कारण एसिड प्रहार गरेको प्रहरीको आशंका छ।

पक्राउ परेका सञ्जीवलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी  उपरीक्षक रामेश बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .