ad ad

राजनीति


शंकर पोखरेललाई दीपशिखाको चेतावनी: धम्की नदिऊँ

शंकर पोखरेललाई दीपशिखाको चेतावनी: धम्की नदिऊँ

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ७:५८,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सचिवालय बैठकमा पेस एकल प्रस्ताव फिर्ता लिन आग्रह गरेलगत्तै केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कडा जवाफ फर्काएका छन्।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले शनिबार बिहान ट्विट गरेर त्यस्तो आग्रह गरेलगत्तै नेता दीपशिखाले पनि सामाजिक सञ्जालमार्फत नै धम्की नदिन चेतावनी दिएका हुन्।

याे पनि :  शंकर पोखरेल भन्छन्ः पार्टी एकता गम्भीर मोडमा पुगेको छ, प्रचण्डले एकल प्रस्ताव फिर्ता लिनुपर्छ

‘पार्टी एकतापश्चात् पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला, नत्र बैठकमा प्रवृत्तिगत विषयहरूमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नु मात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो,’ दीपशिखाले फेसबुकमा लेखेका छन्।

अगाडि लेखिएकाे छ- ‘अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरू मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागि विषयहरू प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु धम्क्याउनु हो। भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस्। पार्टी कमिटीमा प्रस्तुत विषय कमिटीमै छलफल हुनदिऊँ। जिम्मेवारहरूले फुटको धम्की नदिऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .