ad ad

राजनीति


ट्रम्पले भनेः राष्ट्रपतिमा निर्वाचित भइन भने २०२४ मा फेरि चुनाव लड्नेछु

ट्रम्पले भनेः राष्ट्रपतिमा निर्वाचित भइन भने २०२४ मा फेरि चुनाव लड्नेछु

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १०:४६,

ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को राष्ट्रपतिको निर्वाचन लड्ने आफ्ना सहयोगीसँग बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

अमेरिकी संचारमाध्यमका अनुसार बाइडेनले राष्ट्रपति बन्नका लागि प्राप्त गर्नुपर्ने २७० इलेक्टोरल भोटभन्दा बढी मत प्राप्त गरिसकेका छन्।

यसबीचमा ट्रम्पले बाइडेनले धाँधली गरेर चुनाव जितेको बताइरहेका छन्। धाँधलीको विषय अमेरिकी अदालतले फैसला गर्ने ट्रम्पको भनाइ छ।

यसबीचमा बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को कार्यकालका लागि फेरि चुनाव लड्ने आफ्ना सहयोगीसँग बताएका हुन्।

अमेरिकामा दुई कार्यकाल राष्ट्रपतिको पदमा आसिन हुन पाइन्छ। ट्रम्प भने दोस्रो कार्यकालका लागि आयोजित निर्वाचनमा पराजित भएका हुन्।

त्यसकारण ट्रम्पले अझै एकपटक राष्ट्रपति बन्न पाउँछन्। यसअघि डेमोक्रेटिक नेता ग्रोभर क्लिभल्यान्ड पनि ट्रम्पजस्तै पहिलो कार्यकालपछि दोस्रो कार्यकालको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए।

यद्यपी उनले चारवर्ष कुरेर अर्को निर्वाचनमा सहभागी भएर चुनाव जितेका थिए। उनी अमेरिकाको २२ औं र २४ औं राष्ट्रपति बनेका थिए।

ट्रम्पले पनि चुनाव हारेपछि अझै एकपटक राष्ट्रपति बन्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .